राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।

    images
    images

    रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’ अन्तक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वयात्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिए।

    रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तक्र्रियामा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखे। रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उनले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनुपर्छ भने।

    क्रेडिट रेटिङ एजेन्सीबारे चर्चा गर्दै सभापति लामिछानेले रु ५० करोडभन्दा माथिको कर्जा रेटिङ गर्ने एजेन्सीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिए। 'यी रेटिङ एजेन्सीलाई कसले हेर्ने रु त्यसको नियमन गर्ने निकाय को रु यस्ता एजेन्सीमा केही सीमित घराना हावी छन', उनले भने।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com