आव २०८०/८१ मा निर्जीवन लघु बीमा कम्पनीले आर्जन गरे २९ करोड ४८ लाख बीमा शुल्क, कुन कम्पनीले कति ?

आव २०८०/८१ मा निर्जीवन लघु बीमा कम्पनीले आर्जन गरे २९ करोड ४८ लाख बीमा शुल्क, कुन कम्पनीले कति ?

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • आव २०८०/८१ मा निर्जीवन लघु बीमा कम्पनीले आर्जन गरे २९ करोड ४८ लाख बीमा शुल्क, कुन कम्पनीले कति ?
    images
    images
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा निर्जीवन लघु बीमा कम्पनीले २९ अर्ब ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    images
    images

    नेपाल बीमा प्रधीकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा हाल सञ्चालनमा रहेका ४ निर्जीवन लघु बीमा कम्पनीले २९ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।  यस अवधीमा यस कम्पनीहरूले १ लाख २७ हजार १८२ वटा बीमालेख जारी गरेका छन् । 

    कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल माइक्रो अगाडि रहेको छ। यो कम्पनीले ४९ हजार ४७३ वटा बीमालेख जारी गर्दै १० करोड ३१ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। कुल व्यापारमा नेपाल माइक्राको हिस्सा ३५ प्रतिशत रहेको छ।

    दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो लघु बीमकले ३० हजार ४१० वटा बीमालेख जारी गर्दै ९ करोड ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको कुल व्यापारमा ३०.५५ प्रतिशत हिस्सा रहेको छ।

    यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले ३३ हजार ४०७ वटा बीमालेख जारी गर्दै ६ करोड ८७ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीको बजार हिस्सा २३.३४ प्रतिशत रहेको छ।

    गत आर्थिक वर्षको असार मसान्तसम्म ट्रस्ट माइक्रोले ३ करोड २७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले १३ हजार ८९२ वटा बीमालेख जारी गरेको छ। यो कम्पनीको कुल व्यापारमा ११.१ प्रतिशत हिस्सा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com