images
images

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • नेपाल मेडिकल कलेजमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु
    images
    images
    images
    images

    काठमाडौँ / विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ ।

    शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराईरहनु पर्ने चिकित्सकहरुको भनाई छ ।

    कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आमा र बच्चा दुवैको लागि स्तनपान जरुरी रहेकोले आम सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम गरिएको जानकारी दिए।

    विश्व स्तनपान सप्ताहको उद्घाटनमा प्रा. डा. अन्सारीसँगै कलेजका हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहठ्ठा, स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख डा. रिता मरहठ्ठा, बालरोग विभागकी प्रमुख डा। सविना श्रेष्ठ, मेट्रोन नविना सिंह, लगायत विभागीय प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

    सप्ताहब्यापी कार्यक्रममा नवजात शिशुलाई किन आमाको दुधमात्र खुवाउनु पर्छ? स्तनपानले आमा र शिशुको स्वास्थ्यमा कस्तो फाइदा गर्दछ ? नियमित स्तननपान नगराउँदाका वेफाइदाहरु केके हुन् ? लगायत बारे जानकारी दिइने छ ।

    कलेजले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका विभिन्न स्वास्थ्य दिवस र अवसरहरुमा नियमित रुपमा सचेतनाका कार्यक्रम गर्दै आइरहेको छ ।

    विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको बागडोर सम्हालेसँग कलेजको स्वास्थ्य सेवा र व्यवस्थापन प्रभावकारी रुपमा सुधारिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com