काठमाडौँ / केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
राष्ट्रपति पौडेलले कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।
चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।