images
images

काठमाडौँ महानगरद्वारा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर तथा पदस्थापन, कसलाई कुन पद ?

काठमाडौँ महानगरद्वारा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर तथा पदस्थापन, कसलाई कुन पद ?

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • काठमाडौँ महानगरद्वारा विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर तथा पदस्थापन, कसलाई कुन पद ?

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र वढुवा भएर महानगरपालिकामा शिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको छ । यसरी जिम्मेवारी हेरफेर तथा पदस्थापन भएका अधिकृतहरुले पदको अभिभारा ग्रहण गरेका छन् ।

    खरिद एकाइबाट प्रशासन विभागमा प्रमुखको जिम्मेवारीमा आउनु भएका नमराज ढकाल र प्रशासन विभागबाट राजस्व विभागको जिम्मेवारीमा गएका दीपक अधिकारीले प्रशासन विभागसँग सम्बन्धित दायित्व, संस्थागत सूचनाका विषयमा छलफल गरे । यस क्रममा उहाँहरुले साझा धारणा राख्दै भन्नुभयो, नेतृत्व नीतिलाई प्रभावकारी कार्यान्वयन गर्नु कर्मचारी संयन्त्रको दायित्व हो । यससँगै सेवा प्रवाह र कार्यालयको छवि वृद्धि गर्नमा कर्मचारीहरुले एउटै लक्ष्य बनाउनुपर्छ । 

    यस क्रममा उनीहरुले, संस्थागत विकास, कर्मचारीहरुलाई प्रोत्साहन र कार्यमैत्री वातावरण निर्माण गर्न प्रशासन विभागले मुख्य भूमिका खेल्ने, अधिकारीहरु जसको जुन भूमिका भए पनि महत्वपूर्ण काममा एकै ठाउँमा हुने विचार व्यक्त गरे । 

    उनीहरुसँगै ध्रुवकुमार काफ्लेलाई सहकारी विभाग, बलराम त्रिपाठीलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा प्रमुखको जिम्मेवारी दिइएको छ । उहाँहरु यस अघि क्रमशः राजस्व विभाग,  सहकारी विभाग, खरिद एकाइ र वातावरण व्यवस्थापन विभागमा प्रमुखको जिम्मेवारीमा थिए । 

    यसअघि प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत सरिता राईलाई वातावरण व्यवस्थापन विभागमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । 

    वढुवा भएर महानगरपालिकामा शिफारिस हुनुभएका नवौँ तहका अधिकृतहरुलाई विभिन्न विभागमा पदस्थापन गरिएको छ । यसरी पदस्थापन हुनु हुने अधिकृतहरुमा धनबहादुर बस्नेतलाई सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ । 

    यस अघि सचिवालय प्रमुखका रुपमा कार्यरत सरस्वती पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बस्नेत यसअघि धुलिखेल नगरपालिका काभ्रेमा कार्यरत थिए । 

    हरिबहादुर पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि गंगाजमुना गाउँपालिका धादिङ्मा कार्यरत थिए । दिपककुमार केसीलाई स्वास्थ्य विभागमा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यस अघि दक्षिणकाली नगरपालिकामा कार्यरत थिए । 

    जगदिश अर्याललाई विपद व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि भीमेश्वर नगरपालिका दोलखामा कार्यरत थिए । समीक्षा निरौलालाई सामाजिक विकास विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत थिए ।

    रामरतन शाहलाई खरिद एकाईको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि ललितपुर महानगरपालिकामा कार्यरत थिए ।हरिश्चन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । 

    उनी यसअघि ललितपुर महानगरपालिकामा कार्यरत थिए ।यस्तै राज्यश्वरी शाहीलाई एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । उनी यसअघि हेटौँडा उपमहानगरपालिकामा कार्यरत थिए । उनी काजमा काठमाडौँ महानगरपालिका आएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार