images
images

कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • images
    images
    कुमारी बैंक र समाज डेन्टलबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि.बीच सम्झौता भएको छ । 

    images
    images

    बैंक र समाज डेन्टलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । 

    यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरुले सो समाज डेन्टलका नयाँ वानेश्वर– काठमाडौँ, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाडौँ, सितापाइला चोक–काठमाडौँ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् 

    यस्तै, बैंकका ग्राहकहरूलाई उक्त सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार