फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज

फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • फेसियल हाउसले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा मनायो तिज
    images
    images
    images
    images

    काठमाडौँ / नेपालको नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले ‘सेलिब्रेसन अफ कल्चर’ थिममा यो वर्षको तीज उत्सव मनाएको छ । 

    images
    images

    आज शनिबार त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रम आयोजना गरी यो वर्षको तीज मनाएको हो । 

    ‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुसन’ नाराका साथ सुन्दरतासम्बन्धी सम्पूर्ण काम गर्दै आएको फेसियल हाउसले विगतका वर्षहरूमाझैं यो वर्ष पनि सांस्कृतिक महत्व झल्काउँदै तीज मनाएको फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले जानकारी दिइन् । 

    फेसियल हाउसले नेपाली कला, संस्कृति र शैलीलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्न हरेक नेपाली पर्वहरूलाई विशेष रुपमा मनाउने गरेको र यस वर्षको तीज पर्वलाई विगतको भन्दा अझ फरक तरिकाले मनाइएको जानकारी उनले दिइन् । यसरी नेपालको मौलिक पर्वहरूलाई मौलिक रूपमै मनाउँदा विशेष हुने उनको भनाइ छ । 

    तीज विशेष कार्यक्रममा ‘फेसियल हाउस एकेडेमी’का ब्युटीसियनहरूको कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो प्रस्तुति गराइएको थियो ।

    कार्यक्रममा निर्णायकका रूपमा अधिवक्ता आकृति रायमाझी, आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका अध्यक्ष फुपू तेन्जिङ शेर्पा, वरिष्ठ ब्युटीसियन सशी शाह, वरिष्ठ पत्रकार उषा लोहनी र पत्रकार गंगा लामा थिए । २२ जना सहभागी रहेको प्रतिस्पर्धाको कोरियोग्राफी आरुषा महर्जनले गरेकी थिइन् । 

    कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ तथा अतिथिहरू नेकपा एमालेकी नेत्री एवम् पूर्व सांसद शान्ता चौधरी, डा. राज्यश्री श्रेष्ठ, नेपाल ब्युटीसियन संघकी पूर्व अध्यक्ष भगवती खड्का, अरुणा रायमाझी, लिला जीसीलगायत रहेका थिए । 

    कार्यक्रमलाई कन्टीड्रमा, एमआईकेटीएम, आईआईएफटी, केराफिल, लिजाप, हुन्छ डटकम, मल्टी न्युट्रेशन, नेल आर्ट ग्यालरी, सिजन ड्रमा र ट्रू–ड्रमाले सपोर्ट गरेका थिए भने मिडिया पार्टनरका रूपमा कर्पोरेट खबर अनलाइन, ह्वाइट मिडिया, गुड टीभी नेटवर्क, लालीगुराँस अनलाइन, राज्यदैनिक अनलाइन, न्यूजलाइन्सनेपाल अनलाइन र जनसवाल दैनिकले सघाएका थिए । 

    काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ ।

    फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com