images

निर्जीवन बीमा कम्पनीको बागमती प्रदेशमा मात्रै ३ अर्ब बढीको व्यापार, अन्य कुन प्रदेशमा कति ?

निर्जीवन बीमा कम्पनीको बागमती प्रदेशमा मात्रै ३ अर्ब बढीको व्यापार, अन्य कुन प्रदेशमा कति ?

एक महिनाको अवधीमा निर्जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। यस प्रदेशमा२ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • images
    images
    निर्जीवन बीमा कम्पनीको बागमती प्रदेशमा मात्रै ३ अर्ब बढीको व्यापार, अन्य कुन प्रदेशमा कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेका छन् । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको साउन महिनामा हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमम कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले साउनमा ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन्।

    सबैभन्दा ठूलो बजार बागमती प्रदेशमा

    एक महिनाको अवधीमा निर्जीवन बीमकहरुको सबैभन्दा ठूलो बजार बागमती प्रदेशमा देखिएको छ। यो प्रदेशमा निर्जीवन बीमकहरुले २ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो साउनको कुल व्यापारको ६९.२१ प्रतिशत हिस्सा हो।

    अन्य कुन प्रदेशमा कति ? 

    यसैगरी एक महिनाको अवधीमा निर्जीवन बीमा कम्पनीहरुको दोस्रो बजारका रुपमा लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीबाट निर्जीवन बीमकहरुले ३५ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन साउनको कुल व्यापारको ८.१४ प्रतिशत हिस्सा हो।

    यसैगरी साउनमा कोशी प्रदेशबाट निर्जीवन बीमकहरुले ३३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको ७.८२ प्रतिशत हिस्सा हो।

    साउनमा प्रदेशगत हिसाबले निर्जीवन बीमकहरुले मधेशबाट ३० करोड ३० लाख रुपैयाँ, गण्डकीबाट २३ करोड ३८ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ७ करोड ३७ लाख रुपैयाँ र कर्णालीबाट २ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। 

    कुल व्यापारमा मधेशमा ७.०३ प्रतिशत, गण्डकीमा ५.४२ प्रतिशत, सुदूरपश्चिममा १.७१ प्रतिशत र कर्णालीमा ०.६७ प्रतिशत हिस्सा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय