images
images

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि आइएसएमटीलाई

पाँचौ ब्रिटिस कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि आइएसएमटीलाई

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • पाँचौ ब्रिटिस कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि आइएसएमटीलाई
    images
    images
    images
    images

    द ब्रिटिस कलेजको आयोजनामा सम्पन्न पाँचौ संस्करणको ब्रिटिस कप इन्टर कलेज फुटसल प्रतियोगिताको उपाधि आइएसएमटी कलेजले जितेको छ।

    ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यही सेप्टेम्बर १ देखि ३ सम्म आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा थेम्स कलेजलाई पेनाल्टीमा पराजित गर्दै आइएसएमटीले उपाधि जितेको हो।

    विजेता टिम आइएसएमटीले ट्रफी, मेडल र सर्टिफिकेटसँगै नगद १ लाख रूपैयाँ प्राप्त गरेको छ।

    त्यस्तै, उपविजेता थेम्सले ट्रफी, मेडल र सर्टिफिकेटसँगै नगद ५० हजार रूपैयाँ प्राप्त गरेको छ।

    प्रतियोगितामा थेम्स कलेजका मिलन गोदार थापा उत्कृष्ट खेलाडी घोषित भए। त्यस्तै, आइएसएमटीका रुपेश गिरी सर्वाधिक गोलकर्ता, सनम घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए।

    व्यक्तिगत विधाका विजेताहरू सबैले नगद १० हजार रूपैयाँ प्राप्त गरे। नाथम कलेजलाई ‘फेयर प्ले टीम’ अवार्डसँगै १० हजार रूपैयाँ प्रदान गरियो।

    विजेताहरूलाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी विशाल श्रेष्ठले पुरस्कार प्रदान गरे।

    'ब्रिटिस कलेजले पाँचौ संस्करणको प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरेकोमा हामी सबैलाई बधाइ छ। उपाधि विजेता, उपविजेता तथा सम्पूर्ण सहभागी टिमहरुलाई बधाई सहित धन्यवाद ज्ञापन गर्दछु,' कार्यक्रमको समापन समारोहमा उपस्थित हुँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले भने, 'हामीले विद्यार्थीहरूलाई वार्षिक रूपमा यो अवसर प्रदान गर्दै आएका छौं। अब अर्को वर्ष पनि यसै कार्यक्रममा भेट्ने बाचा गर्दछु।'

    प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका थिए।

    त्यस्तै, द वेस्टमिन्स्टर कलेज, विराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com