images
images

'ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरे'

'ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरे'

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • 'ओली–देउवाले ‘फटाहा, बदमास र गुण्डा’ भनेर युवाहरुको चरित्रहत्या गरे'

    काठमाडौँ / नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादु देउवाले युवाहरुको चरित्रहत्या गरेको आरोप लगाएका छन् । 

    आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०४६ र ०६२÷०६३ को आन्दोलनमा ‘वीरे चोर देश छोड्’ र ‘ज्ञाने चोर देश छोड्’ भनेर नारा लगाउन सिकाउने ओली, देउवाले तिनै युवाहरुलाई फटाहा, बदमास र गुण्डा भनेर अपमान गरेको उनले बताए । 

    उनले आफू २०३६ सालदेखि ०४६ र ०६२÷०६३ को आन्दोलनमा पनि नागरिक समाजको तर्फबाट सहयोग पुर्याएको बताउँदै सोचेजस्तो परिवर्तन आउन नसकेको सुनाए । आज मुलुक चरम अन्धकारमा फसेको उनको टिप्पणी छ । 

    ‘डेमोक्रेशीमा बोल्न पाइन्छ, प्रधानमन्त्रीको विरोधमा पनि बोल्न पाइन्छ । नत्रभने बोल्न नपाइने र संविधानले बोल्न दिन मान्दैन भनेदेखि मलाई बताउनुस्, केपी ओली ०४६ सालमा सडकमा उत्रिँदा म पनि सडकमा छु, त्यो सडकको नाराबाजीमा ‘वीरे चोर देश छोड्’ कसले भनेको ? त्यो नारा नागरिक समाजको होईन, ‘वीरे चोर देश छोड्’ भन्न पाइन्थ्यो ? ०६२÷०६३ मा ‘ज्ञाने चोर देश छोड्’ कसले भनेको ? त्यही युवाहरुले भनेका हुन् । त्यही भनेर ती युवाहरुले तपाईँहरुलाई राज्यमा पुर्याएको छ । आज तिनै युवाहरुले हुटिङ गर्दा पक्राउ गर्ने, समाउने, डण्डा चलाउने ? यो हो डेमोक्रेशी ?’ प्रश्न गर्दै उनले भने, ‘देउवा र ओलीले बरु युवाहरुको चरित्र हत्या गरेका छन् । फटाहा, बदमास, गुण्डा के–के भने के–के ? त्यो भन्न पाइन्छ ? जनतालाई हेप्ने हो ? युवाहरुलाई हेप्ने हो ?’

    साथै, उनले ओलीलाई प्रधानमन्त्रीको हैसियतमा बस्न सुझाव दिए । प्रधानमन्त्री ओलीले खुल्ला मञ्चमा आफ्नो हैसियतभन्दा तल ओर्लिएर व्यवहार गरेको उनको आरोप छ । डा. दीक्षितले प्रदेश संरचनालाई दलहरुले दुहुनो गाई बनाएको उनको टिप्पणी छ । खाँडीबाट युवाहरुले पठाएको रेमिट्यान्स प्रदेशका मन्त्री र मुख्यमन्त्रीको सेवा सुविधामा खर्च गर्न नहुने उनको तर्क छ । अब प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजीको पक्षमा वकालत गर्न आवश्यक रहेको उनको भनाइ छ । 

    साथै, डा. दीक्षितले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विजुलीको बक्यौता उठाउन खोज्दा सबैजना उनीमाथि जाइलागेको बताए । प्रधानमन्त्रीले कुनै एउटा संस्थाको प्रमुखसँग जोरी खोज्न नहुने उनको भनाइ छ । ‘एउटा तामाङको छोरो बल्लबल्ल उठेको छ । प्रधानमन्त्रीले कर्पोरेशनको चिफसँग जोरी खोज्ने हो ? प्रधानमन्त्रीले मेयरसँग जोरी खोज्ने हो ? प्रधानमन्त्रीको स्तर मेयरको विरुद्धमा लाग्ने हो ?’ उनले प्रश्न गरे । 

    माथिल्लो ओहदामा बसेर तलकासँग जोरी खोज्न नहुने उनले बताए । माथिल्लो ओहदामा बसेकाहरुले तल्लो ओहदामा रहेकाहरुसँग जोरी खोज्दा मान्छेहरुले ठटाउने उनको चेतावनी छ । युवाहरुलाई हेपेर, डण्डा चलाएर मुलुक अगाडि बढ्न नसक्ने उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार