प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ– अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ– अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्

बिहिवार, भदौ २० २०८१
बिहिवार, भदौ २० २०८१
  • प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ– अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काएका छन् । 

    images
    images

    ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ठगी, बेइमानी र जालजेझ जोगाउन ‘प्रचण्डलाई राउन्ड किक हानेको’ अभिव्यक्ति दिएपछि प्रचण्डले पनि ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ, तिनले देख्छन्’ भन्ने जवाफ फर्काएका हुन् । 

    उनले भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

    उनले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।

    संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे । 

    ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com