बाराही हाइड्रोपावरले ९औँ वार्षिक साधारण सभा असोज १८ गते, के–के छन् प्रस्ताव ?

बाराही हाइड्रोपावरले ९औँ वार्षिक साधारण सभा असोज १८ गते, के–के छन् प्रस्ताव ?

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • बाराही हाइड्रोपावरले ९औँ वार्षिक साधारण सभा असोज १८ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / बाराही हाइड्रोपावरले ९औँ वार्षिक साधारण सभा असोज १८ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते शुक्रबार सभा गर्ने निर्णय गरेको हो । सभा गौरव इभेन्ट्स स्युचाटार,काठमाडौँमा बिहान ८ बजेदेखि सुरु गर्ने कम्पनीले जनाएको हो । 

    कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सो सभाले पारित गर्नेछ।

    त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिन बुकक्लोज गर्ने भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com