images
Logo
images
images
images

लाभांशको सिजन शुरु भएसँगै चार हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा, कुनले कति ?

लाभांशको सिजन शुरु भएसँगै चार हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा, कुनले कति ?

सोमवार, भदौ २४ २०८१
सोमवार, भदौ २४ २०८१
  • लाभांशको सिजन शुरु भएसँगै चार हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा, कुनले कति ?

    काठमाडौँ / हाइड्रोपावर कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । हालसम्ममा गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । 

    images
    images
    images
    images

    नेप्से सूचीकृत ९१ हाइड्रोपावर कम्पनीमध्ये हालसम्ममा भगवती हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, माण्डु हाइड्रोपावर र अपि पावर कम्पनीले लाभांश घोषणा गरेका हुन । 

    यी चार कम्पनीमध्ये सुपर माई हाइड्रोपावर कम्पनीले पहिलो पटक लाभांश दिन थालेको हो । 

    यस कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । 

    त्यस्तै यी कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश भगवती हाइड्रोपावर कम्पनीले कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र १०.७३६८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको हो । 

    अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले लाभांशदर बढाएको छ । अघिल्लो वर्ष कम्पनीले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
     
    गत वर्षको प्रस्तावित लाभांश पारितका लागि कम्पनीले आगामी असोज १६ गते साधारण सभा आयोजना गरेको छ । लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा भदौ ३१ गते सम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन र लाभांश पाउनयोग्य हुनेछन् । 

    त्यस्तै माण्डु हाइड्रोपावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । यस कम्पनीले पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष लाभांशदर बढाएको छ । 

    अघिल्लो वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत नगद लाभांश दिएको थियो । गत वर्ष प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा भदौ ३० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभाशं पाउन योग्य हुनेछन् । 

    त्यस्तै अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस अपि पावर र सुपर माई हाइड्रोपावर कम्पनीले हालसम्ममा साधारण सभाको मिति तय गरेका छैनन् । 

    गत आवको साधाण सभा बोलाएका बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर र मोलुङ्ग हाइड्रोपावरले भने कुनै पनि लाभांश प्रस्ताव छैन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार