images
images

पीपीपी मोडलमा फिलिपिन्सले गरेको सफलता नेपालका लागी उपयोगी हुन्छ : फिलिपिन्सका पूर्व अर्थमन्त्री ओकाम्पोल

पीपीपी मोडलमा फिलिपिन्सले गरेको सफलता नेपालका लागी उपयोगी हुन्छ : फिलिपिन्सका पूर्व अर्थमन्त्री ओकाम्पोल

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • पीपीपी मोडलमा फिलिपिन्सले गरेको सफलता नेपालका लागी उपयोगी हुन्छ : फिलिपिन्सका पूर्व अर्थमन्त्री ओकाम्पोल

    काठमाडौँ / सम्मेलनमा फिलिपिन्सका पूर्व अर्थमन्त्री डा. रोबटो ओकाम्पोले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा फिलिपिन्सले गरेको सफलता नेपालका लागी उपयोगी हुन सक्ने बताए । 

    images
    images
    images
    images

    नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’मा उनले यस्तो बताएका हुन् । 

    आफु सन् १९९० को दशकमा अर्थमन्त्री हुँदा त्यहाँ थोरै लगानीको सम्भावना पनि न्यून र लगानी गर्ने विश्वासको संकट भएको स्मरण गर्नुहुँदै सोही कारण धेरै पूर्वाधारका आयोजनाहरू रुग्ण अवस्थामा पुगेको बताए । 

    सोही कारण सरकारले मात्रै लगानी गरेर काम गर्न सक्ने अवस्था नभएपछि फिलिपिन्सले विभिन्न प्रतिष्ठान तथा निजि क्षेत्रसँग छलफल गरी कानुन बनाएर पिपिपी मोडल अघि सारेको उहाँले बताए । 

    उनले पूर्वाधार विकासको मुल दायित्व सरकारको भएकाले राजनीति र कर्मचारीतन्त्रको प्रभावलाई व्यवस्थापन गर्दैजानुपर्ने सुझाव दिए । 

    ‘राजनीतिक र कर्मचारीतन्त्रको प्रभाव सबै ठाउँमा हुन्छ, त्यसलाई मिलाए कानुन बनाउनुपर्छ । तर, संकटको बेलामा मात्रै निजी क्षेत्रसँग सहकार्य गर्छु भन्ने सोचाइ सरकारले राख्नु हुँदैन’ उनले भने । 
     
    पिपिपी मोडल सुरु गर्न कानुनी निर्माण र सरकारी संयन्त्रको क्षमता विकास गर्दै तालिम, व्यवस्थापनको सीप र समन्वयमा ख्याल गर्न नेपाललाई सुझाव दिए । 

    साथै लगानी कहाँबाट आउँछ र त्यसको अपनत्व कसले लिने भन्ने कुरालाई पनि ख्याल गरेर विकास निर्माणका काममा निजी क्षेत्रलाई सहभागि गराउन सकिने उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार