images
images

निजी क्षेत्रले विश्वास दिलाएपछि मात्रै काम गर्न सजिलो हुन्छ : निवर्तमान अध्यक्ष अग्रवाल

निजी क्षेत्रले विश्वास दिलाएपछि मात्रै काम गर्न सजिलो हुन्छ : निवर्तमान अध्यक्ष अग्रवाल

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • images
    images
    निजी क्षेत्रले विश्वास दिलाएपछि मात्रै काम गर्न सजिलो हुन्छ : निवर्तमान अध्यक्ष अग्रवाल
    images
    images

    काठमाडौँ / सिएनआईका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले काम गरेर विश्वास दिलाएपछि मात्रै थप काम गर्न सजिलो हुने गरेको बताए । 

    images
    images

    भारतमा पनि निजी क्षेत्रबाट एउटा आयोजना सफल भएपछि अरु आयोजना बनेको स्मरण गर्दै उनले नेपालमा खिम्ती जलविद्युत परियोजनाले काम गरेर निजी क्षेत्रले राम्रो उदाहरण प्रदर्शन गरेपछि जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी बढेको बताएका हुन् । 

    तर, जलविद्युतमा निजी क्षेत्रले काम गरेपनि नेपालको शहरी पूर्वाधारमा काम गर्न नसकेको उनको भनाइ छ । साथै थोरै लगानीका आयोजना सरकारले अघि सारेर निजी क्षेत्रलाई काम गर्न समन्वयकारी भुमिका खेल्नुपर्ने उनले बताए । 

    सो सत्रको अध्यक्षता गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा लागानीको वातावरण बनाउन सरकारले ऐन कानुन संशोधन गरिरहेको बताए । 

    उद्योग विभागले ५० करोडसम्मको लगानी अनलाइनबाटै स्वीकृत गर्ने व्यवस्था गरेको, खानी तथा खनिजजन्य पदार्थसम्बन्धी कानुन संशोधनको चरणमा रहेको, कम्पनी ऐनको विधेयक मस्यौदाको काम अन्तिम चरण रहेको मन्त्री भण्डारीले जानकारी दिए । 

    साथै स्टाटप उद्यम कर्जा सन्चालनमा रहेको, विदेशी लगानी भित्र्याउन विभिन्न देशसँग सम्झौताहरू भइरहेको उनले बताए । 

    ‘१६ औं राष्ट्रिय योजनाको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुन्छ । हामीले सहजिकरण गरिरहेकाले विदेशी लगानी समेत भित्र्नेमा सरकार आशावादी रहेको उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार