images
Logo
images
images
images

काठमाडौँमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, इभीप्रेमीको उत्साहजनक सहभागिता

काठमाडौँमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, इभीप्रेमीको उत्साहजनक सहभागिता

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • काठमाडौँमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, इभीप्रेमीको उत्साहजनक सहभागिता

    काठमाडौँ / एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौँको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल सुरु भएको छ । 
     
    एमएडब्लु गु्रपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको सुरुवात गरेका हुन् । 

    images
    images
    images
    images

    पहिलो दिनमा आफ्नो पुरानो गाडी साटेर दिपल इभीमा अपग्रेड हुन चाहनेहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

    दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सकिनेछ । 

    साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्नुहुनेछ भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरी पनि पाउनुहुनेछ ।

    कार्निभलको उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवालले दिपलले आफ्नो डिजाइन, पर्फर्मेन्स र फिचरका कारण छोटो समयमै नेपाली प्रयोगकर्ताको मन जित्न सफल भएको बताए । 

    ‘दिपलका ग्राहक दिपलदेखि सन्तुष्ट हुनुहुन्छ । हामी उहाँहरुको खुसीलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैनौं’ उनले भने । 

    त्यसैगरी, एमएडब्लु अटोकर्पका विवेक सिकारियाले ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरुको वनरसिपलाई सहज बनाउन यो विशेष कार्यक्रमको आयोजना गरेको बताए । 

    कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका थिए । यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ ।

    नेपालमा दिपल एस०७ र एल०७ गरी दुई मोडेल विक्री हुँदै आएको छ । यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । 

    दिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिंग मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरु छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन । 

    एक्सचेन्ज कार्निभल ३ असोज, बिहीबारसम्म संचालनमा रहनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार