images
images

मौरीपालनमा जमेकी नन्दकला : ७ बर्षअघि ४० हजारबाट सुरु, अहिले मह बेचेरै कमाउँछिन् वार्षिक १४ लाख

मौरीपालनमा जमेकी नन्दकला : ७ बर्षअघि ४० हजारबाट सुरु, अहिले मह बेचेरै कमाउँछिन् वार्षिक १४ लाख

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • मौरीपालनमा जमेकी नन्दकला : ७ बर्षअघि ४० हजारबाट सुरु, अहिले मह बेचेरै कमाउँछिन् वार्षिक १४ लाख

    बाँके / कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजाली मह बेचेरै बर्षमा १४ लाख रुपैयाँ कमाउँछिन् । 

    images
    images
    images
    images

    सात वर्षअघि ४० हजार रुपैयाँ लगानीमा १० घार मौरीबाट सुरु गरेकी नन्दकलासँग अहिले १३० घार मौरी छन् । बार्षिक २० लाख रुपैयाँको मह बिक्री उनी सबै खर्च कटाएर वार्षिक १४ नाफा रुपैयाँ हुने गरेको बताउँछिन् । 

    एक सय ३० घार मौरी लिएर चराउन सुर्खेतको लेकफर्सामा पुग्ने गरेको सिजालीले बताइन्। उनी बाँके, बर्दिया र सुर्खेतसम्म व्यावसायिक मौरी पालकका रूपमा चिनिन्छिन् ।

    नन्दकलाले आफूलाई मौरी चराउन कुनै मौसम वा स्थानले फरक नपर्ने बताइन्।

    उनले घरमा मह प्रशोधनका उपकरणसमेत राखेकी छिन्। श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकलाले महिला आर्थिक रूपमा सक्षम हुनुपर्ने धारणा राख्छिन्।

    महिला आर्थिक रूपमा समृद्ध भए समाज समृद्ध हुने धारणा राख्ने उनले परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।

    ‘स्वास्थ्यका लागि मह सेवन गर्नु रामो मानिने चिकित्सकहरु पनि बताउँछन्। मौरीपालन र मह उत्पादन गर्न भने सजिलो छैन’, नन्दकलाले भनिन्, ‘प्राकृतिक रूपमा परिवर्तन भइरहने ऋतुले यसमा प्रत्यक्ष असर पार्दछ।’ 

    उनले बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउँन कठिन हुने अनुभव सुनाइन्। फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्ने उनले जानकारी दिइन्।

    एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउनलाई ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन्। जंगलमा फूलेका प्राकृतिक फूलहरुको रस खुवाउनलाई चराउन जाँदा वनमा अरिंगाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गााह्रो हुने उनको अनुभव छ।

    ‘समयसमयमा हाडनाता नहोस् भनेर रानीमौरीको नश्ल सुधार गरिरहनु पर्दछ’, नन्दकलाले भनिन्, ‘नश्ल सुधारिएको रानीमौरीको मूल्य पाँच–छ लाखमा किन्नु पर्दछ। जुन सामान्य किसानलाई सजिलो छैन।’ 

    जाडो समयमा बर्दियाको राजापुर, बेलुवा र गर्मी समयमा सुर्खेतको लेकफर्र्सासम्म मौरीलाई चराउन लग्ने गरेको उनले जानकारी दिइन्।

    एक सय ३० घार मौरीबाट वार्षिक करिब ३० क्विन्टल मह उत्पादन गर्ने गरेको बताउँदै नन्दकलाले तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः रु छ सय, सात सय र आठ सय रुपैयाँ पर्ने जानकारी दिइन्।

    मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो पाइने उनको अनुभव छ। महको बजारमा माग बढी भएकाले बजारीकरणको समस्या नरहेको नन्दकलाले सुनाइन्।

    ‘काठमाडौँ, पोखरा, बुटवललगायत सहरबाट पनि माग आइरहन्छ। हालसम्म कोहलपुर र नेपालगञ्जको माग पुर्‍याउन नै सकिएको छैन’, उनले भनिन्।

    नन्दकलाले आगामी दिनमा मौरीलाई बस्न घारको संख्या बढाउँदै जाने योजना रहेको बताइन्। 

    स्थानीय सरकारले व्यवसायलाई विस्तार गर्न आर्थिक, प्राविधिक सहयोग गर्नुपर्ने भन्दै उनले आवश्यक सीप तथा तालिम पनि दिनुपर्नेमा जोड दिइन्। रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार