images
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड हस्तान्तरण गरेको छ ।

    images
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले मंगलबार सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

    प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए ।

    मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा रु एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार