images
images

नेपाल बैंकर्स एसोसिएसनले स्थापना गर्यो दिगो वित्त विभाग, ग्रीन बैंकिङमा सहयोग पुग्ने

नेपाल बैंकर्स एसोसिएसनले स्थापना गर्यो दिगो वित्त विभाग, ग्रीन बैंकिङमा सहयोग पुग्ने

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • नेपाल बैंकर्स एसोसिएसनले स्थापना गर्यो दिगो वित्त विभाग, ग्रीन बैंकिङमा सहयोग पुग्ने

    काठमाडौँ /  नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख बनाउने उद्देश्यले आयोजित ‘सेमिनार अन इन्टिग्रेटिङ क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी इन टी बैंकिङ इण्डष्टी अफ नेपाल’ सम्पन्न भएको छ । 

    images
    images
    images
    images

    नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)द्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रम सस्टेनेबल फाइनान्सिङको मूल्याङ्कन र सोसँग सम्बन्धित अन्तर्राष्ट्रिय अभ्यास तथा चुनौतीहरूलाई कसरी समाधान गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित थियो ।

    नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउलीले मन्तव्यका क्रममा दिगो बैंकिङको लागि सुरुवात गरेको पहल महत्वपूर्ण रहेको बताए । 

    नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ उद्योगमा जलवायु वित्तको महत्वमा जोड दिँदै दिगो वित्त प्रवद्र्धन गर्न नेपालको बैंकिङ क्षेत्र प्रतिबद्ध रहेको बताए । 

    एफएमओ नेदरल्याण्डका प्रमुख कार्यकारी अधिकृत मिखेल योङ्गनिलले बैंकिङ क्षेत्रले जलवायु परिवर्तनको असरलाई कम गर्न अन्तर्राष्ट्रिय स्तरमा निभाइरहेको भूमिका र यसले सृजना गरेको चुनौतीलाई कम गर्दै अवसरबाट कसरी फाइदा लिन सकिन्छ भन्ने बारेमा आफ्नो दृष्टिकोण राखे । 

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले दिगो बैंकिङलाई प्रवर्द्धन गर्न गरेको नीतिगत व्यवस्था र नेपालको वित्तीय क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । 

    नेपालको बैंकिङ क्षेत्रले  दिगो विकासमा सामना गरिरहेको चुनौतीहरूलाई समाधान गर्दै बैंकङ क्षेत्रलाई सस्टेनबल फाइनान्स उन्मुख गराउनुको साथै उनीहरूको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप कार्यक्रमको अवसरमा संयुक्त रूपमा नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापनासमेत गरिएको छ । 

    कार्यक्रमको प्राविधिक सत्र डीबीएस सिंगापुरका पूर्व प्रबन्ध निर्देशक तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेका सस्टेनेबिलिटी विशेषज्ञ युलान्डा चुङले गरेका थिए । 

    उनले अन्तर्राष्ट्रिय परिदृश्यलाई केलाउँदै जलवायु परिवर्तनले नेपाललाई पार्न सक्ने प्रभाव, यसको जोखिम र नेपालको बैंकिङ क्षेत्रमा यसको सान्दर्भिकता बुझ्न महत्वपूर्ण सिद्धान्तहरूबारे स्पष्ट पारे । 

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, जीसुन हान (प्रबन्धक, ऊर्जा–एशिया र ईसीए एफएमआ), एन्टोनिया फ्लक (कार्यक्रम प्रबन्धक, स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड  कोअपरेशन), काट्जा सिल्वा–लिएण्डर (प्रबन्ध निर्देशक, क्याडमस यूके) र दीपक कुमार डे (कार्यकारी समिति सदस्य, नेपाल बैंकर्स एशोसिएसन) लगायतका प्रमुख व्यक्तिहरूले जलवायु वित्त रणनीतिहरूलाई बैंकिङ सञ्चालनमा एकीकृत गर्ने सम्बन्धी संवाद प्रस्तुत गरे।

    यस सत्रमा नियामक ढाँचाहरू, जोखिम व्यवस्थापन र नवीन हरित वित्तीय उत्पादनहरूको महत्व बारेमा छलफल भएको थियो । 

    कार्यक्रममा सरकारी अधिकारीहरू, विकास साझेदार, वाणिज्य बैंकका प्रतिनिधि, सञ्चार माध्यम र सम्बन्धित सरोकारवालाहरूलगायत २०० भन्दा बढीको सहभागिता रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार