images
images

वीरगञ्ज नाकाबाट धान–चामल आयातमा कमि, मकै पनि १९.५५ प्रतिशतले घट्यो

वीरगञ्ज नाकाबाट धान–चामल आयातमा कमि, मकै पनि १९.५५ प्रतिशतले घट्यो

मंगलवार, असोज १५ २०८१
मंगलवार, असोज १५ २०८१
  • वीरगञ्ज नाकाबाट धान–चामल आयातमा कमि, मकै पनि १९.५५ प्रतिशतले घट्यो

    पर्सा / वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म रु ९६ करोड ३२ लाख ५६ हजारको रु दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ ।

    images
    images
    images
    images

    गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड २९ लाख १० हजारको रु तीन करोड ७९ लाख ५१ हजार पाँच सय ६६ किलो धान आयात भएको थियो । 

    गत आवको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ३०.६१ प्रतिशतले घटेको हो । 

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आवको तुलनामा चालु आवमा धान र चामलको आयातमा केही कमी आएको बताए । 

    चालु आवको भदौ मसान्तसम्ममा कनिका आयातमा पनि कमी आएको छ । चालु आवको भदौ मसान्तसम्ममा रु २२ करोड १७ लाख २८ हजारको १६ लाख ८८ हजार नौ सय किलो चामल तथा कनिका आयात भएको छ । 

    गत आवको सोही अवधिमा रु २६ करोड पाँच लाख २७ हजारको २२ लाख तीन हजार नौ सय किलो चामल तथा कनिका आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३.३७ प्रतिशतले चामल तथा कनिकाको आयात घटेको हो ।

    चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ । भदौ मसान्तसम्ममा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ । 

    गत आवको सोही अवधिमा रु ६७ करोड ९७ लाख ६२ हजारको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो । 

    गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार