images

११.११ अभियानको लागि ज्योति विकास बैंक र दराजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

११.११ अभियानको लागि ज्योति विकास बैंक र दराजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • images
    images
    ११.११ अभियानको लागि ज्योति विकास बैंक र दराजबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

    यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते, २०८१) देखि लागू हुने कम्पनीले जनाएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट मार्केटिंङ्ग तथा ब्रान्डिङ प्रमुख कुशल जंग अधिकारी र दराजको डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भूर्तेलले हस्ताक्षर गरेका छन् । 

    ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

    ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ। 

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय