सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफरका पाँच लाख क्यास व्यकका बिजेता बने राम किशुन यादव

सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफरका पाँच लाख क्यास व्यकका बिजेता बने राम किशुन यादव

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • images
    images
    सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफरका पाँच लाख क्यास व्यकका बिजेता बने राम किशुन यादव

    काठमाडौँ / सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत राम किशुन यादव पाँच लाख क्यास व्यकका बिजेता बनेका छन् । हिरोको Splendor + मोडल, City Trade Concern ,Lahan सोरुम बाट किनेका उनी पाँच लाख क्यास व्यकका बिजेता बनेका हुन् । 

    सीजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामालः ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको थियो । 

    उक्त अफर अन्तर्गत हिरो ब्रान्डको  जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार पनि जित्न सकिने कम्पनीले जनाएको थियो । 

    नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । 

    साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ ।

    त्यस्तै कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्नेछ ।लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्पलेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बिएस सिक्स एसआई सिजि मोटर्सले नेपालमा भित्र्याएको छ । साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय