पश्चिमी, स्थानीय वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म कहाँ कहाँ छ बर्षाको सम्भावना ?

पश्चिमी, स्थानीय वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म कहाँ कहाँ छ बर्षाको सम्भावना ?

शनिवार, कार्तिक १७ २०८१
शनिवार, कार्तिक १७ २०८१
  • पश्चिमी, स्थानीय वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव : आगामी तीन दिनसम्म कहाँ कहाँ छ बर्षाको सम्भावना ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। 

    images
    images

    हाल कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    आज (शनिबार) कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले जनाएका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com