images

ट्रेड टावरको साधारण सभा कार्तिक ७ गते, आइपिओ जारी गर्नेदेखि मर्जरमा जानेसम्मका प्रस्ताव

ट्रेड टावरको साधारण सभा कार्तिक ७ गते, आइपिओ जारी गर्नेदेखि मर्जरमा जानेसम्मका प्रस्ताव

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • images
    images
    ट्रेड टावरको साधारण सभा कार्तिक ७ गते, आइपिओ जारी गर्नेदेखि मर्जरमा जानेसम्मका प्रस्ताव

    काठमाडौँ / ट्रेड टावर लिमिटेडले मंसिर १२ गतेका लागि १५औँ साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक ७ गते बसेको सञ्चालक समितिले होटेल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा बिहान १०ः३० बजे समय तोकेर साधारण सभाको मिति तय गरेको हो । 

    सभाले आइपिओ निष्कासन गर्नेदेखि अन्य कम्पनीसँग मर्जरमा जाने सकिनेसम्मका विषयमा छलफल गर्ने बताइएको छ । 

    आइपिओ निष्कासन गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने विषयमा सभामा छलफल गरी निर्णय गर्नेछ ।

    त्यस्तै, अन्य कम्पनीसँग मर्जरमा जाने सकिने र त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्तावमा पनि सभाले छलफल गरी टुङ्गोमा पुग्नेछ । 

    उक्त साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ भने गत आर्थिक वर्ष ०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित हुनुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलगायतका विषयमा समेत छलफल गरी निष्कर्ष निकालिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय