images
images

पहाडकी रानी बन्दीपुर घुम्न मानिसहरु किन मन पराउँछन्  (तस्वीहरुसहित)

पहाडकी रानी बन्दीपुर घुम्न मानिसहरु किन मन पराउँछन्  (तस्वीहरुसहित)

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • पहाडकी रानी बन्दीपुर घुम्न मानिसहरु किन मन पराउँछन्  (तस्वीहरुसहित)
    images
    images

    कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्य हुन सक्छ । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। 

    एतिहासिक तथा साँस्कृतिक महत्वका बन्दिपूर सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय  गर्नुपर्दछ । 

    bandipur.JPG


    भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । 

    बुट्टा भरेका आँखीझ्याल । 

    कलाले सिँगारेका टुँडाल । 

    शान्त बजार । 

    bandipur 2.JPG

    त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर । थानीमाई, खड्गदेवी । तीनधारेको चिसो पानी । 

    एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कंदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुरा ।


    मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिम चुचुराबाट आएको हावाको झोँक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ । यिनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय शहर बनेको छ । 

    घुम्न आउने घुमन्तेले यो शहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर, जुन विश्वभर प्रख्यात छ । 

    bandipur 5.JPG
    सिजन सुरु हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। 

    बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ। 

    बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन्। 

     

    bandipur.JPG

    तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार