काठमाडौँ / स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।
आइतबार प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार ९ सय ५५ रुपैयाँ निर्धारण भएको छ ।