नेप्से परिसूचक २२.१४ अङ्कले बढ्दा ११ अर्बबढीको कारोबार, लघुवित्तमा झुम्मिए लगानीकर्ता

नेप्से परिसूचक २२.१४ अङ्कले बढ्दा ११ अर्बबढीको कारोबार, लघुवित्तमा झुम्मिए लगानीकर्ता

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • नेप्से परिसूचक २२.१४ अङ्कले बढ्दा ११ अर्बबढीको कारोबार, लघुवित्तमा झुम्मिए लगानीकर्ता
    images
    images

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो दिन नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २ हजार ७ सय ६०.२१ मा पुगेको हो ।

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अङ्कले उकालो लागेर ४९०.७२ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

    यो दिन विकास बैंक, हाइड्रोपावर, निर्जीबन, वित्त र होटल तथा पर्यटन समूहको परिसूचक घटेको छ भने लगानीकर्ताको ध्यान लघुवित्तले खिचेको छ । 

    लघुवित्त समूहको परिसूचक सर्वाधिक बढी ३.२० प्रतिशतले बढ्दा लगानी, निर्जीबन र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

    कुल २ करोड ४५ लाख ५७ हजार १५३ कित्ता शेयर ११ अर्ब ३१ करोड ५२ लाख सात हजार एक सय २७ मा कारोबार भएको छ । 

    यसैगरी, सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

    यस्तै, इस्टर्न पावर १०, समृद्धि फाइनान्स ९.७१, सानिमा जिआइसी इन्सुरेन्स ४.१३, दिव्यश्वरी हाइड्रोपावर ३.९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाएका छन् ।

    सेयर कारोबार रकममा आज सबैभन्दा बढी हिस्सा साहस उर्जाको ३८ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ र त्यसपछि हिमालयन रिइस्योरेन्सको २६ करोड १५ लाख रुपैयाँ छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com