ब्रेनब्रिज एजुकेसनले सुरु गर्यो सेवा, छात्रवृत्ति कार्यक्रम ल्याउने

ब्रेनब्रिज एजुकेसनले सुरु गर्यो सेवा, छात्रवृत्ति कार्यक्रम ल्याउने

सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • ब्रेनब्रिज एजुकेसनले सुरु गर्यो सेवा, छात्रवृत्ति कार्यक्रम ल्याउने

    काठमाडौँ / विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सही परामर्श दिने उद्देश्यका साथ स्थापना भएको ब्रेनब्रिज एजुकेसनले आफ्नो सेवा सुरु गरेको छ । 

    images
    images

    दशैँ, तिहार तथा छठ पर्वहरूको अवसर तथा आफ्नो सेवा सुरुवातको अवसर पारेर ब्रेनब्रिज एजुकेसनले विद्यार्थीहरूलाई भाषा शिक्षण कार्यक्रमहरू आइइएलटिएस, पिटिइ, स्याटलगायतमा विशेष छुट पनि ल्याएको छ । 

    अमेरिका, बेलायत, अष्ट्रेलिया, फ्रान्सलगायतका विभिन्न देशमा उच्च शिक्षामा जान चाहने विद्यार्थीहरूका लागि सही परामर्श दिने उद्देश्यले ब्रेनब्रिज एजुकेसन स्थापना भएको र यसले सधैँ यही उद्देश्य बोकेर हिड्ने ब्रेनब्रिजकी सञ्चालक अर्चना दवाडीले बताइन् ।

    “विश्वव्यापीकरणको यो समयमा विद्यार्थीहरूले आफ्नो करिअर सुन्दर बनाउन विश्वका जुनसुकै देशको शिक्षालाई प्राथमिकतामा राख्न सक्छन्,” दवाडीले भनिन्, “त्यस्ता विद्यार्थीलाई सही मार्गदर्शन नै हाम्रो उद्देश्य हो ।” 

    पछिल्लो समय नेपालमा निकै धेरै शैक्षिक परामर्श कम्पनी खुले पनि कतिपयले विद्यार्थीलाई भ्रामक सूचना दिने गरेको आरोप लाग्न थालेको छ । “हामीले विश्वका विभिन्न देशमा जान चाहने विद्यार्थीलाई सही सूचना मात्र दिने प्रण गरेका छौँ,” दवाडीले भनिन् ।

    मध्यबानेश्वरमा रहेको ब्रेनब्रिज एजुकेसनले नेपाली शिक्षा क्षेत्र सुधारका लागि पनि ब्रेनब्रिज छात्रवृत्ति कार्यक्रम ल्याउने दवाडीले बताएकी छन् । 

    “हामी नेपालका विभिन्न जिल्लामा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदैछौँ,” उनले भनिन्, “यसको घोषणा केही समयमा हामीले गर्नेछौँ । यो अहिलेसम्मका लागि निजी क्षेत्रबाट प्रदान गरिने नेपालकै सबैभन्दा ठूलो छात्रवृत्ति हुनेछ ।”

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय