आज आइतबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज आइतबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • images
    images
    आज आइतबार यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

    आइतबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भ–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।  

    कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    आइतबार राति कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    राति कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय