ज्योति विकास बैंकका ग्राहकहरूले ‘इ–रिभोल्भिङ इन्डियन क्यासिनो रेस्टुरेन्ट’मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकहरूले ‘इ–रिभोल्भिङ इन्डियन क्यासिनो रेस्टुरेन्ट’मा विशेष छुट

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • ज्योति विकास बैंकका ग्राहकहरूले ‘इ–रिभोल्भिङ इन्डियन क्यासिनो रेस्टुरेन्ट’मा विशेष छुट
    images
    images
    images
    images

    काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौँस्थित ‘इ-रिभोल्भिङ इन्डियन क्यासिनो रेस्टुरेन्ट’मा विशेष छुट प्राप्त गर्ने भएका छन् । 

    images
    images

    बैंकले ‘इ-रिभोल्भिङ इन्डियन क्यासिनो रेस्टुरेन्ट’सँग सम्झौता गरेसँगै रेस्टुरेन्टको सेवामा ग्राहकहरूले १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने भएका हुन् । 

    स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण, काठमाडौँको न्युरोडमा रहेको यो रेस्टुरेन्टले ग्राहकहरूको मन जित्दै विशिष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ।

    हालै बैंकले काठमाडौँस्थित ‘अचार घर’, ‘नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार र महोत्सव रेस्टुरेन्ट एण्ड बारमा १० प्रतितशतसम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

    यसका साथै, बैंकले काठमाडौँस्थित प्रख्यात ‘सोयाछा ट्रेडर्समा मा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले ‘अन्नपूर्ण केवुलकार’मा मा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

    संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। 

    स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले प्रदान गरेका ५१ वटा बेबी वार्मर उपकरणहरु मार्फत  हरेक वर्ष करिब १८८७ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। 

    यस्ता जीवन रक्षण गर्ने  अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। 

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com