दुर्गा प्रसाईंको आडमा व्यवसायीहरूलाई धम्की दिने व्यक्ति पक्राउ

दुर्गा प्रसाईंको आडमा व्यवसायीहरूलाई धम्की दिने व्यक्ति पक्राउ

शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • दुर्गा प्रसाईंको आडमा व्यवसायीहरूलाई धम्की दिने व्यक्ति पक्राउ
    images
    images
    images
    images

    काठमाडौँ / व्यवसायीहरूलाई भारतीय नम्बरबाट फोन तथा म्यासेजमार्फत् धम्की दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउ पर्ने आरोपित व्यक्तिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निर्देशनमा आफूले व्यवसायीहरूलाई धम्की दिएको बताएका छन् ।

    images
    images

    झापाको मेचीनगर नगरपालिका-१३ चारआली बस्दै आएका पाँचथरको मौवाका स्थायी बासिन्दा ३६ वर्षीय नवीन प्रधान भनिने हरिचन्द्र फुयाँललाई प्रहरीले पक्राउ गरेको हो । फुयाललाई मंसिर १३ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले झापाको चारआलीबाट पक्राउ गरेको जनाएको छ ।

    फुयालले प्रसाईंको निर्देशनमा आफू भारतीय आपराधिक समूह ‘लरेन्स बिश्नोइको सदस्य हुँ’भन्दै धम्की दिइ आपराधिक लाभ लिन खोजेको प्रहरीले बताएको छ । 

    फुयाललाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान गर्दा भारतीय आपराधिक समूहको नामबाट व्यावसायीहरूलाई धम्की दिने कार्य मेडिकल व्यवसायी प्रसाईंको निर्देशनमा भएको पाइएको प्रहरीले जनाएको छ । 

    फुयाँल यसभन्दा पहिले विभिन्न कसुरमा संलग्न भई फरार रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com