ममता काफ्ले र रगतको डीएनए म्याच, नरेश भट्टमाथि श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चल्ने

ममता काफ्ले र रगतको डीएनए म्याच, नरेश भट्टमाथि श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चल्ने

मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • ममता काफ्ले र रगतको डीएनए म्याच, नरेश भट्टमाथि श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चल्ने

    अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या आरोपमा श्रीमान् नरेश भट्टले नै गरेको खुलेको छ । गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको अभियोग दर्ता गर्न लागेको हो । 

    images
    images

    जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने सीएनएनले उल्लेख गरेको छ । 

    गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी दिन मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार साँझ पत्रकार सम्मेलन गरेका थिए । त्यसक्रममा लुगोले ममताको घरमा भेटिएको डीनएन रिपार्ट सार्वजनिक गरेका छन् । 

    उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा उल्लेख छ । भट्टको सुत्ने कोठामा रहेको रगत ममताको नै भएको र जुलाई २९ मा नै हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनले जनाएको छ ।

    नरेश भूतपूर्व अमेरिकी सेना हुन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका-२ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका थिए । अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भएका थिए । उनी बेला बेला नेपाल आइराख्थे ।

    उनी ०७३ साल साउनमा अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरेका थिए । ममता गत साउन १५ गतेदेखि सम्पर्कविहीन थिइन् । ७ भदौमा नरेशलाई प्रहरीले पक्राउ गरेको थियो ।

    ५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध भयो ।

    त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

    पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भएको थियो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिका गएकी थिइन् । एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिएकी थिइन् । 

    ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत ममता वेपत्ता भएसँगै नरेशले नै उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको थियो । ममता र नरेश बस्दै आएका घरको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय