युनियन मेवा हाइड्रोले आइपिओ जारी गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

युनियन मेवा हाइड्रोले आइपिओ जारी गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • युनियन मेवा हाइड्रोले आइपिओ जारी गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
    images
    images
    images
    images

    काठमाडौँ / युनियन मेवा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । 

    images
    images

    युनियन मेवा हाइड्रोले सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अङ्कित दरका ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता सेयर जारी गर्ने बताएको छ । 

    उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । 

    युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com