सरकारमा भएका नेताहरू विचौलिया र दलालहरूको हातमा छन् : प्रचण्ड

सरकारमा भएका नेताहरू विचौलिया र दलालहरूको हातमा छन् : प्रचण्ड

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • सरकारमा भएका नेताहरू विचौलिया र दलालहरूको हातमा छन् : प्रचण्ड
    images
    images

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको हातमा अहिले राजनीति नभएर राजनीति विचौलिया र दलालहरूको हातमा रहेको आरोप लगाएका छन् । 

    images
    images

    सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका नेताहरू विचौलियाको भूमिकामा रहेको आरोप लगाए । 

    उनले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ, नत्र राख्दैनौं भन्नेजसो गर्दै मुखौटाका रूपमा नेताहरूले काम गरिरहेको आरोप लगाएका हुन् ।

    उनले भने, “सरकारमा रहेका राजनीतिक दलका नेताहरूको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको को हातमा छ भन्ने कुरा प्रस्ट देखिएको छ । उनीहरू त खाली मुखौटामात्रै हुन्, विचौलियाहरूले घुमाएर विचौलियाहरूले रातको अँध्यारोमा आ–आफ्नो घर घुमाएर, नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौँ नत्र राख्दैनौँ भनेर गरिएका मुखौटाहरूभन्दा बाहेक केही पनि देखिएन ।”

    उनले दलाल विचौलियाहरूले आफ्नो संख्याको तागत देखाएको भन्दै अब आफुहरूले जनताको तागत फेरि एकचोटी देखाउनुपर्ने अवस्था आएको बताए । 

    उनले भने, “सरकार छाड्दै गर्दा जनताप्रति र राष्ट्रप्रतिको निष्ठा, विश्वाससहित आफूले गरेको विगतका केही कमीहरूको पनि आत्मसमीक्षा ग-यौं । दलाल विचौलियाहरूले त आफ्नो सङ्ख्याको तागत देखाए अब हामीले जनताको तागत एकचोटी देखाउनुपर्ने भयो ।”

    अध्यक्ष दाहालले उपनिर्वाचनमा पालिकातिरको मत जोड्दा माओवादी सिधैँ एक नम्बर भएको तर एक नम्बर भन्न बल नआएको दाबी गरे ।  

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com