तराई क्षेत्रमा बाक्लो हुस्सु, प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

तराई क्षेत्रमा बाक्लो हुस्सु, प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • तराई क्षेत्रमा बाक्लो हुस्सु, प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ / तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण हवाई उडान प्रभावित भएको छ। विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    images
    images

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार तराई क्षेत्रका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ। 

    केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको छ भने कतिपय विमानस्थल ढिलो खुलेकाले उडान तालिका प्रभावित भएको छ।

    भद्रपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल अपराह्नपख मात्र खुलेका हुन्। प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थलमा सोमबार पनि कुनै उडान हुन सकेनन्।

    “बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलहरूमा उडान प्रभावित भएको छ,” प्रवक्ता शेर्पाले भने। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन्। 

    यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम  सफा रहेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com