images
images

दैनिक ४० किलोमिटर साइकलमा  डुलेर हतियारमा धार लगाउने ७० वर्षका मुखिया

दैनिक ४० किलोमिटर साइकलमा  डुलेर हतियारमा धार लगाउने ७० वर्षका मुखिया

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • दैनिक ४० किलोमिटर साइकलमा  डुलेर हतियारमा धार लगाउने ७० वर्षका मुखिया
    images
    images
    images
    images

    कृष्णपुर नगरपालिका–२ वनहरा । 
    मुखिया राना ७० वर्ष पुगे । 
    उनको काम फलामका औजारमा धार (सान) लगाउनु हो । 

    सान लगाउने कार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आएकका थिए । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेका हुन् । 

     
    एकाबिहानै साइकल चढेर बजार र गाउँ  डुल्छन् । प्रायःचालिस किलोमिटर साइकल चढेर सहरबजार चहार्छन् ।  यो काम गर्नु उनको दिनचर्या नै हो।

    यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उनले बताए। साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर धारिलो बनाउँछन्।     

    तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब एक हजार जति आम्दानी हुने गरेको सुनाउँछन्।   

    बिहानको नास्ता गरेर घरबाट निस्किन्छु। साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु, उनले भने।

    रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताए।  

    खाना खर्च कटाएर दैनिक  सात सय जति बचत हुने गरेको उनी बताउँछन्।

    स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ। घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ। 

    मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्तर्गत पाइएको घरबासको जग्गा मात्रै छ। अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु,ु उनले भने, पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन्। हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ।ु

    विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताए।

    ुकमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यही गरिरहेको छु, उनले भने, अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ। 

    बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन्। हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन्। बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन।

    रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवापत २० रूपैयाँ, खुकुरी र बञ्चरोमा धार लगायवापत ५० रूपैयाँ  र तरबारको  एक सय रुपैयाँ ज्याला  लिने गरेका छन्।

    पहिला महिनाको ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उनी बताउँछन्।

    बसेरभन्दा काम गरेर खाँदाको आनन्द बेग्लै हुन्छ। छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु, रानाले खुसी हुँदै भने।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com