images
images

एकदिन पनि टिकेन सेयर बजारको उत्साह, कारोबार रकम ६ अर्ब १४ करोड

एकदिन पनि टिकेन सेयर बजारको उत्साह, कारोबार रकम ६ अर्ब १४ करोड

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • एकदिन पनि टिकेन सेयर बजारको उत्साह, कारोबार रकम ६ अर्ब १४ करोड
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नै सेयर बजार ओरालो लागेको छ । निरन्तर ६ कारोबार दिन घटेर बुधबार मात्रै  उत्साह छाएको बजार एक दिनपछि नै घटेको हो । 

    यो दिन नेप्से परिसूचक ३३.४२ अङ्कले घटेर २ हजार ६ सय ८२.२९ बिन्दुमा झरेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.४४ अङ्कले घटेर ४५८.४४ बिन्दुमा खुम्चिएको छ । नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । 

    बुधबार ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यो दिन ३०४ धितोपत्रको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर ६७ हजार १२८ पटकमा कारोबार भएको छ । आज बजार पुँजीकरण रकम घटेर ४४ खर्ब ४९ अर्ब ११ करोड ११ करोड रुपैयाँमा सीमित भएको छ ।

    बिहीबार त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढी ८.५५ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट विकास बैंकको सेयर मूल्य ७.५४ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ को सेयर मूल्य ७.२४ प्रतिशतले बढेको छ । 

    यता, जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । यो दिन जानकी फाइनान्सको सेयर मूल्य ७.४१ प्रतिशत, इग्वा हाइड्रोपावर, इनर्जिङ नेपाल र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । 

    बिहीबारको कारोबार रकममा जानकी फाइनान्सको हिस्सा सर्वाधिक बढी रहेको छ । यो दिन जानकी फाइनान्सको २६ करोड १२ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    त्यस्तै, सर्वोत्तम सिमेन्टको २१ करोड ५२ लाख २२ हजार रुपैयाँ र जोशी हाइड्रोपावर डेभलपमेन्टको १५ करोड २२ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    यो दिन कारोबारमा आएका १३ ओटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्ड समूहको परिसूचक क्रमशः ०.३८ प्रतिशत र ०.३९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

    यो दिन सर्वाधिक बढी २.६४ प्रतिशत, बैंकिङ उपसमूहको परिसूचक १.७२ प्रतिशत, होटल्स तथा पर्यटन समूहको १.९८ प्रतिशत, विकास बैंक समूहको १.५५ प्रतिशत, जीवन बिमा समूहको १.३७ प्रतिशत र व्यापारिक समूहको परिसूचक १.२६ प्रतिशतले बढेको छ । 

    यसैगरी, हाइड्रो पावर समूहको ०.९९ प्रतिशत, लघुवित्त समूहको ०.६९ प्रतिशत, निर्जीबन बिमा समूहको ०.९१ प्रतिशत र अन्य समूहको ०.९८ प्रतिशले घटेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार