काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ५२ हजार २ सय रुपैयाँ थियो ।
यता, चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले घटेको महासङ्घले जानकारी दिएको छ । यसअघि तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ६० रुपैयाँ पर्नेछ ।