नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

बुधवार, पुस ३ २०८१
बुधवार, पुस ३ २०८१
  • नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजमा

    काठमाडौं/  नेपाली सेनाका इन्जिनियरहरु नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन्।  उनीहरु तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर अधिकृतहरु हुन् । 

    images
    images

    मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरुले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका थिए ।

    सो क्रममा उनीहरुले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरुबाट ज्ञान लिएका छन् । 

    नेपाली सेनाका अधिकृतहरुलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए।

    nepal army 2.png

    नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ । 

    इन्जिनियरिङ विधाका सबै विषयहरु प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरु उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरु अध्ययन र अवलोकनका लागि आउने गरेका छन्।

    मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेज हो । 

    पूर्णकालिन शिक्षकशिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तराष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय