images
images

आज यी पाँच ओटा प्रदेशमा आंशिक बदलीको सम्भावना, शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

आज यी पाँच ओटा प्रदेशमा आंशिक बदलीको सम्भावना, शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?

बुधवार, पुस १७ २०८१
बुधवार, पुस १७ २०८१
  • आज यी पाँच ओटा प्रदेशमा आंशिक बदलीको सम्भावना, शुक्रबारसम्म देशभरको मौसम कस्तो रहला ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी, बागमती, गण्डकी, सुदरपश्चिम र कर्णाली प्रदेशमा आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । यसैगरी लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा पनि आंंशिक बदली रहने सम्भावना रहेको मौसमविद्ले जनाएको छ । 
    मधेश प्रदेशलगायतको देशको तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    बिहीबार राति लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा बर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । अन्य क्षेत्रको मौसम भने बुधबार सफा रहनेछ । शुक्रबार पनि देशभरको मौसम सफा रहने बताइएको छ । 

    हाल तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको अवस्था छ । साथै गण्डकी प्रदेशको पहाडी भूभागमा पनि हुस्सु/कुहिरो लागेको देखिन्छ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार