इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट

इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट

बुधवार, पुस १७ २०८१
बुधवार, पुस १७ २०८१
  • इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि कोशीबाट आस्था कलेज छनोट
    images
    images
    images
    images

    आगामी माघ २३ गतेदेखि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा हुने इ–प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसीपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ। 

    images
    images

    इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा आस्था कलेजले सुष्मा गोदावरीलाई ७ विकेटले पराजित गरेको हो । फाइनलमा सुष्मा गोदावरीले दिएको ६३ रनको लक्ष्य आस्थाले ५.४ ओभरमा ३ विकेट मात्र गुमाएर भेटायो। 

    लक्ष्य पछ्याउने क्रममा आस्थाको लागि भुपाल दंगालले मात्र १२ बलमा ३२ रन बनाए भने सौजन घिमिरेले ११ बलमा १४ रन बनाए। गोदावरीका नाजिर आलमले २ विकेट लिए। 

    टस जितेर ब्याटिंग गरको सुष्मा गोदावरीले निर्धारित १० ओभरमा ६२ रन बनाउदा सबै विकेट गुमायो ।

    उसको लागि नजिर आलमले २० तथा अन्जुल मेहताले १६ रन बनाए । आस्थाको बलिंगमा प्लेयर अफ द फाइनल घोषित सौजन घिमिरेले ३ विकेट लिए । 

    छनोटको उपाधिसहित आस्थाले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो । कोशी प्रदेश छनोट प्रतियोगितामा कुल छ टिम सहभागी थिए । सुष्मा गोदावरी, कस्तुरी कलेज, आस्था कलेज, इटहरी नमुना, नवादिप एकेडेमी, मेरील्याण्ड कलेज सहभागी थिए ।

    यसअघि सम्पन्न बागमती प्रदेश छनोटबाट अर्किड कलेजले काठमाडौँ यात्रा तय गरिसकेको छ । प्रतियोगिताको आगामी छनोट प्रतियोगिता मधेश प्रदेशमा पुष १८ गते जनकपुरमा सुरु हुनेछ ।

    त्यसपछि लुम्बिनी छनोट बुटवलमा पुष २३ गतेबाट, गण्डकी छनोट पोखरामा पुष २६ गतेबाट, दोश्रो बागमती प्रदेश छनोट काठमाडौँमा माघ ३ गतेबाट, कर्णाली छनोट सुर्खेतमा माघ १० गतेबाट, सुदूरपश्चिम छनोट धनगढीमा माघ १७ गतेबाट हुनेछ ।

    माघ २३ देखि २६ गते राष्ट्रिय फाइनल काठमाडौँमा आयोजना हुने तालिका छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com