सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

    सन नेपाल लाइफ इन्स्योरेन्सले  तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ। 

    बैंककमा आयोजना भएको  क्ष्ऋऋ २०२४ एशिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बिमा कम्पनीहरू मध्येबाट उत्कृष्टताको आधारमा
    यो पुरस्कार प्राप्त गरेको हो । 

    कम्पनीले उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति  बिमा क्षेत्रमा महिला नेतृत्व तथा उत्कृष्ट ग्राहक मैत्री जीवन बिमा सेवा विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यवसायिक उत्कृष्टता प्रमाणित गरेको छ।

    बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले ग्रहण गरेका थिए । 

    यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ।

    यसले नेपालको बिमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ ।  

    साथै, सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू मार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर  सेवारत छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय