पर्यटन मन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

पर्यटन मन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

सोमवार, फागुन १९ २०८१
सोमवार, फागुन १९ २०८१
  • images
    images
    पर्यटन मन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
    images
    images

    तुलसीपुर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ। 

    साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिए । 

    विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठुला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।

    यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । 

    साना जहाजले उल्लेख्य रूपमा फाइदा लिन नसकेपछि ती जहाज बस्न पनि छोडेको जनाउँदै बजेट ल्याएर काम सुरु गर्ने गरी तयारी गरिएको उपप्रमुख चौधरीले बताए ।

    उक्त विमानस्थलको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनसमेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com