काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेड ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’बाट सम्मानित भएको छ । बैंकले कर्पोरेट क्लब नेपाल प्रा.लि.द्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको उक्त अवार्ड प्राप्त गरेको हो ।
उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्त्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमूख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्रा.डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, ६६ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।