images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपिओ निष्काशन, कहिलेसम्म दिन पाइनेछ आवेदन ?

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपिओ निष्काशन, कहिलेसम्म दिन पाइनेछ आवेदन ?

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपिओ निष्काशन, कहिलेसम्म दिन पाइनेछ आवेदन ?

    काठमाडौँ / क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (फागुन २२ गते)देखि प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्काशन गरेको आइपिओ बाँडफाँटपश्चात सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्काशन गरेको हो । 
     
    कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपिओ निष्काशन गर्ने अनुमति पाएको थियो।

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। 

    साथै कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता साधारण सेयर बाँडफाँट गरिसकेको छ। 

    कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गरेको हो।

    कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

    लगानीकर्ताले फागुन २६ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ । उक्त अवधिसम्म पनि पर्याप्त आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपिओमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

    इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ ।  गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय