images
images

शनिबारको राशिफल : कसको लागि आजको दिन फलदायी होला ? हेर्नुस्

शनिबारको राशिफल : कसको लागि आजको दिन फलदायी होला ? हेर्नुस्

शनिवार, फागुन २४ २०८१
शनिवार, फागुन २४ २०८१
  • शनिबारको राशिफल : कसको लागि आजको दिन फलदायी होला ? हेर्नुस्
    images
    images
    images
    images

    आज वि.सं. २०८१ साल फाल्गुन २४ गते, आइतबार, तदनुसार ईश्वी सन् २०२५ मार्च ८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन शुक्लपक्ष । तिथि–नवमी, १४ घडी ० पला, बिहान ११ बजेर ५९ मिनेट उप्रान्त दशमी । आर्द्रा नक्षत्र रातको २ बजेर ४२ मिनेट उप्रान्त पुनर्वसु । आयुष्मान् योग, बेलुकी ७ बजेर ४७ मिनेट उप्रान्त सौभाग्य । कौलव करण, बिहान ११ बजेर ५९ मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–मिथुन । 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट फाइदा लिन सकिनेछ । प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन्। आम्दानी बढाउन सकिने समय छ। मनोरञ्जनको क्षेत्रका फाइदा मिल्नेछ । नयाँ नोकरीमा सफलता मिल्ने योग रहेको छ। साथै व्यापार व्यवसायमा राम्रै लाभ मिल्नेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    मेहनत गर्दा आँटेको काम बन्नेछ । हिम्मतले लक्ष्य पप्त गर्न सकिनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढ्ने योग छ । राजनीतिमा लाग्नेहरूलाई समयले साथ दिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेको कमजोरी सुधार्ने समय छ । दिगो फाइदा हुने काम सुरु गर्ने समय छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला । कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । विदेशी सामान र विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूले फाइदा कमाउनेछन् । यद्यपि, सरसापटमा सञ्चित रकम बाहिरिन सक्छ। अर्थ अभावले सताउने समय छ। अरुलाई समय दिँदा आफू पछि परिनेछ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक पक्ष सुदृढ रहनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सवारी साधान तथा भौतिक सम्पत्तिबाट लाभ लिन सकिनेछ । आकांक्षा पूरा हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक सम्पत्ति हात पर्न सक्छ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।  

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने समय छ । अवसरले पछ्याउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। तारिफयोग्य काम गरेर अरुलाई आकर्षित गर्न सकिनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक पक्ष सबल रहनेछ। नयाँ योजना कार्यान्वयन गर्ने समय छ । लामो दुरीको यात्राको सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । तारिफयोग्य काम सुरु गर्न सकिनेछ । चिताएको काम छोटो समयमा सम्पादन हुनेछ । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ । 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    हतियार चलाउदा, सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ । आम्दानीका स्रोतहरू सीमित रहेको छ । नोकरी वा पेसामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । थोरै उपलब्धिका लागि धेरै मेहनत गर्नुपर्ला । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पत्ति जोड्ने समय छ । व्यापार व्यवसाय फस्टाउने समय छ । अरुका लागि श्रम खर्च गर्नुपर्ने हुन सक्ला । साझेदारी व्यापारबाट लाभ मिल्नेछ। अरुले कमजोरीको फाइदा उठाउन सक्नेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। एउटै काम दोहोर्याएर गर्नुपर्ला । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    विवादित विषयमा तपाईँको पक्षमा फैसला हुनेछ । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । सफलताको लागि समय अनुकूल छ । मेहनतीहरूका लागि समय उत्साहजनक छ । चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापारमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । नयाँ योजना बनाउने समय छ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतिक्षा गरिएको काम सम्पादन हुनेछ । दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्रशस्त समय खर्चिएको कामबाट उपलब्धि न्यून हुनेछ । समय तथा परिस्थितिको अध्ययन गरेर मात्रै काम गर्नुहोला । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन सङ्घर्ष गर्नुपर्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।  कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com