images
images

आगामी तीन दिनको मौसम : पश्चिमी र स्थानीय वायूको प्रभावले कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

आगामी तीन दिनको मौसम : पश्चिमी र स्थानीय वायूको प्रभावले कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

बुधवार, फागुन २८ २०८१
बुधवार, फागुन २८ २०८१
  • आगामी तीन दिनको मौसम : पश्चिमी र स्थानीय वायूको प्रभावले कहाँ कहाँ छ बर्षा र हिमपातको सम्भावना ?
    images
    images
    images
    images


    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

    हाल कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । 

    आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन  रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बिहीबार देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनर  चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    मेघगर्जनर  चट्याङ्गसहितको हल्का बर्षा हुने र हिमपातको सम्भावना भएको स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com