images

पश्चिमी र स्थानीय वायुको प्रभाव : हिमपात, मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

पश्चिमी र स्थानीय वायुको प्रभाव : हिमपात, मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

सोमवार, चैत ४ २०८१
सोमवार, चैत ४ २०८१
  • images
    images
    पश्चिमी र स्थानीय वायुको प्रभाव : हिमपात, मेघगर्जन र चट्याङ्गसहित बर्षा र हावाहुरीको सम्भावना कहाँ कहाँ छ ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। हाल लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। 

    सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ। 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    साथै अपरान्हको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । 

    मंगलबार देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

    कोशी प्रदेश र  मधेश प्रदेशका थोरै  स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली  प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्गसहित बर्षा, हिमपातका साथै हावाहुरीको सम्भावना रहेको क्षेत्रमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय