images
images

बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी छ ? हेर्नुस्

बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी छ ? हेर्नुस्

बुधवार, चैत ६ २०८१
बुधवार, चैत ६ २०८१
  • बुधबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी छ ? हेर्नुस्
    images
    images
    images
    images

    आज विक्रम संवत २०८१ साल चैत्र ६ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ मार्च १९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । पञ्चमी तिथी  बेलुकी ९ बजेर २३ मिनेट उप्रान्त षष्ठी तिथी । चन्द्रराशि तुला, ११ बजेर ३२ मिनेटपछि वृश्चिक।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    सानातिना काममा अल्झिदा महत्त्वपूर्ण काम छुट्न सक्छन् । व्यापार व्यवसायमा भने आम्दानी बढ्नेछ। मेहनत परे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। मिहिनेतको फल अरुकै हातमा पर्न सक्छ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। साझेदारी व्यापारबाट पनि लाभ मिल्नेछ। खर्च बढ्ने योग छ । बाटो काट्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। अनावश्यक खर्च बढ्दा आर्थिक संकट आइपर्नेछ । कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। सेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    प्रतिस्पर्धामा विजयी भइनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सौखले खर्च बढाउन सक्छ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। भौतिक साधन तथा सम्पत्तिमा क्षति पुग्ने सम्भावना छ । विवाद सुल्झिने समय छ । प्रतिस्पर्धीहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    शिक्षा क्षेत्रसँग सम्बन्धित काम र वित्तीय क्षेत्रबाट मनग्गे आम्दानी हुनेछ । नोकरीमा बढुवा हुने सम्भावना छ । कार्यक्षेत्रमा कार्यसम्पादनको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। जग्गा जमिनको किनबेचले लाभ उठाउन सकिनेछ।  आम्दानीका स्रोत बढ्नेछन्। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सवारी साधनको खरिद बिक्रीबाट आम्दानी बढ्नेछ । कार्यक्षेत्रमा रोकिएको काम बन्नाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। मेहनतीहरूको लागि निकै उत्साहजनक समय छ । अरुका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। गोपनीयतामा ख्याल गर्नुहोला । दिउँसोदेखि आर्थिक पक्ष बलियो हुनेछ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजबुद पार्न सकिनेछ । कार्यक्षेत्रमा बोलीको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। अरुको भर पर्नुभन्दा आफैँ अघि सर्नु राम्रो हुनेछ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। मिहिनेतले दाम र इनाम दिलाउनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    दिगो फाइदा हुने कार्य प्रारम्भ गर्न सकिनेछ। मनोरञ्जनको क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त फाइदा हुनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । पुँजीबजार, होटल तथा रेस्टुरेन्ट व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। व्यापारमा फाइदा हुने योग छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई विस्तार गर्न सकिनेछ । मेहनेतले गन्तव्य पहिल्याउन सहज हुनेछ । नोकरीमा प्रवेश तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ । यात्राको योग रहेकोछ ।  सवारी साधनमा धन खर्चका योग छन्। कानुन विपरितका कामबाट टाढे बस्नुहोस् । मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बिहानको समय उत्तम छ । वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मेहनतले सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ। नयाँ योजनाहरू गोप्य राख्नुहोला । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर लगानीमा धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। फजुल खर्च बढे पनि प्रयत्न गर्दा काम बन्नेछ । 


    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा तथा वित्तीय क्षेत्रबाट फाइदा हुनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पूरा हुनेछन् । व्यापार व्यवसायमा श्रमको उचित मूल्याङ्कन मिल्नेछ। नयाँ कामको अवसर प्राप्त हुन सक्छ। मिहिनेतले कीर्तिमानी बन्नेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी लिनुपर्ला। व्यापार व्यवसायमा सहयोग मिल्नेछ। व्यापारबाट आम्दानी बढ्नेछ । नोकरीमा  स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ।  आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिउँसोदेखि नयाँ कामको अवसर फेला पर्नेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आत्मविश्वासमा वृद्धि हुनेछ। वैदेशिक रोजगारका नयाँ अवसरहरू प्राप्त हुनेछन्। अरुका लागि समय खर्चनुपर्दा कुनै काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेतले राम्रै उपलब्धि प्राप्त गर्न सकिनेछ। सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com