images
images

सुयोग श्रेष्ठ डेभलपमेन्ट बैँकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुनः निर्वाचित

सुयोग श्रेष्ठ डेभलपमेन्ट बैँकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुनः निर्वाचित

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • सुयोग श्रेष्ठ डेभलपमेन्ट बैँकर्स एसोसिएसन नेपालको अध्यक्षमा पुनः निर्वाचित
    images
    images
    images
    images

    काठमाडौँ / विकास बैङ्कहरूको छाता संस्था डेभलपमेन्ट बैँकर्स एसोसिएसन नेपाल (डिबान)को अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । बिहीबार पोखरामा सम्पन्न एसोसिएसनको १९औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । श्रेष्ठ साङ्ग्रिला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । 

    एसोसिएनसको उपाध्यक्षमा कामना सेवा विकास बैङ्क लिमिटेडका सिइओ दिनेश थकाली निर्वाचित भएका छन् भने सचिवमा गरिमा विकास बैङ्कको सिइओ माधव प्रसाद उपाध्याय तथा कोषाध्यक्षमा ज्योति विकास बैङ्कका सिइओ कपिल ढकाल निर्वाचित भएका छन् । 

    कार्यसमिति सदस्यहरूमा लुम्बिनी विकास बैङ्कका नरेशसिंह बोहरा, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका प्रकाश पौडेल, महालक्ष्मी विकास बैङ्कका दीपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैङ्कका हरिबहादुर बुढाथोकी र सप्तकोसी डेभलपमेन्ट बैङ्कका दिनेश पोखरेल चयन भएका छन् । 

    साधारण सभाले आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, चालु आवको अनुमानित आय व्यय र लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले नयाँ कार्यकालमा विकास बैङ्कको हकहितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com